एग्रोभेटमा उपलब्ध बीउ बिजन ५०% छुट दिइने बारे सूचना ।
प्रस्तुत विषयमा यस महाकुलुङ गाउँपालिकाको महाकुलुङ कृषि एग्रोभेट सञ्चालन तथा व्यवस्थापन समितिको मिति २०८०/०३/१७ गते बसेको बैठकको निर्णय बमोजिम यस गाउँपलिकाको एग्रोभेटबाट बिक्रीवितरण हुँदै आएका बीउ बिजनको बिक्रीमा ५०% छुट दिने निर्णय भए बमोजिम मिति २०८०/०३/१८ बाट बीउ बिजनमा ५०% छुट दिने कुरा यसै सूचना मार्फत सम्बन्धित सबैमा जानकारी गराइन्छ । यस अवसरको अधिकतम लाभ लिन हुन समेत यसै सूचनाद्वारा सूचित गरिन्छ ।