FAQs Complain Problems

सामाजिक सुरक्षा

लाग्ने समय: 
प्रमाण पुगेमा सोही दिन ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 

१. सबै लाभग्राहीको हकमा २ प्रति पासपोर्ट साइजको फोटो ।
२. नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ।
३. एकल महिलाको हकमा सम्बन्ध विच्छेद दर्ताको प्रमाण पत्रको प्रतिलिपि वा अविवाहितको प्रमाण ।
४. विधवाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
५. बालबालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपिका साथै अामा वा अामा नभए संरक्षको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ।
६. अपाङ्गताको हकमा महिला तथा बालबालिका कार्यालयबाट जारी भएको अपाङ्गताको परिचय पत्र प्रतिलिपि, पुर्ण अपाङ्गताको हकमा संरक्षकको नागरिकताको प्रतिलिपि र २ प्रति फोटो ।

प्रक्रिया: 

१. ज्येष्ठ नागरिकः चालु आ.व को असाढ मसान्तभित्र उमेर पुग्ने भएमा आगामी आ.व को पहिलो चौमासिकदेखि, अागामी आ. व को पहिलो चौमासिकमा उमेर पुग्नने भएमा आगामी आ.व को दोस्रो चौमासिकदेखि र आगामी आ.व को फाल्गुन मसान्त भित्र उमेर पुग्ने भएमा आगामी आ.व को तेस्रो चौमासिकदेखि
२. एकल महिला, विधवा, पूर्ण अपाङ्गता,अति अशक्त अपाङ्गता, बालबालिकाको हकमा निवेदन प्राप्त भएको अर्को चौमासिक बाट भत्ता पाउन सुरु ।

नमुना फाराम तथा अन्य: