FAQs Complain Problems

१५ औ महिला स्वास्थ्य स्वय्‌म सेविका दिवस ।

 " महिला स्वास्थ्य स्वयं सेविकाको निःस्वार्थ सेवा स्वास्थ्य, समृद्ध राष्ट्र निर्माणमा हाम्रो टेवा " भन्ने नाराका साथ १५औ महिला स्वास्थ स्वय्‌म सेविका दिवस महाकुलुङ गाउँपालिकामा पनि कार्यक्रम सम्पन्न भएको छ । बुङ स्वास्थ शाखाले प्रमुख प्रशासकिय अधिकृत लबुन राईको अध्यक्षता तथा सागर किराँती को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

र्‍याली पश्चात सर एडमण्ड हिलारी स्मृति संग्राहलय तथा हेरचाह केन्द्रमा कार्यक्रमका अतिथिहरु ।

उक्त कार्यक्रममा सहभागी हुने सम्पूर्ण महाकुलुङ गाउँ पालिकाका अन्तर्गत छेस्काम स्वास्थ चौकी ,गुदेल स्वास्थ चौकी र बुङ स्वास्थ चौकी बाट स्वास्थ्य संस्थाको अगुवाइमा ब्यानर सहित बुङ महिला स्वास्थ्य स्वय्‌म सेविकाहरु, आमा समूहहरू, स्वास्थ्यकर्मीहरू, गाउँपालिकाको सम्पूर्ण कर्मचारीहरु, मकालु वरूण राष्ट्रीय निकुञ्जका सम्पूर्ण कर्मचारी साथीहरु ,जनप्रतिनिधि ज्यूहरू भेला भएर बुङ बजार परिक्रमा गरि सर एडमण्ड हिलारी स्मृति संग्राहलय तथा हेरचाह केन्द्रमा पुगेर कार्यक्रम सम्पन्न भएको थियो ।

र्‍यालीमा सहभागी स्वास्थयकर्मीहरु,कर्मचारीहरु, जनप्रतिनिधिहरु ।

कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता पनि सञ्चालन गरिएको थियो उक्त्त कार्यक्रममा सुलोचना राईको टिमले प्रथम स्थान हासिल गरेको थियो भने दोस्रो र तेस्रो हुनेले लाई पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै यसै कार्यक्रममा ३ जना महिला स्वास्थ स्वय्‌म सेविका मध्ये उत्कृष्ट कार्य गरेबापत पहिलो पुर्णिमा राई, दोस्रो लीला राई  र तेस्रो हस्तमाया राईलाई  पुरस्कृत गरिएको थियो।

सम्बन्धित तस्विरहरुः

 

१५ औ महिला स्वास्थ्य स्वय्‌म सेविका दिवसमा सहभागी स्वास्थ्य स्वय्‌म सेविका र विद्यार्थी भाइ बहिनीहरु ।
१५ औ महिला स्वास्थ्य स्वय्‌म सेविका दिवसमा सञ्चालित हाजिरी जवाफ प्रतियोगिता ।
१५ औ महिला स्वास्थ्य स्वय्‌म सेविका दिवसमा सञ्चालित हाजिरी जवाफ प्रतियोगितामा उत्तर दिदै महिला स्वास्थ्य स्वय्‌म सेविका ।
१५ औ महिला स्वास्थ्य स्वय्‌म सेविका दिवस ।
१५ औ महिला स्वास्थ्य स्वय्‌म सेविका दिवसमा सञ्चालित हाजिरी जवाफ प्रतियोगितामा प्रयोगात्तमक उत्तर दिदै महिला स्वास्थ्य स्वय्‌म सेविका ।
१५ औ महिला स्वास्थ्य स्वय्‌म सेविका दिवसमा सञ्चालित हाजिरी जवाफ प्रतियोगितामा प्रयोगात्तमक प्रश्नको उत्तर दिदै बुङ स्वास्थ्य चौकीमा कार्यरत अ.न.मी डिका राई ।
उत्कृष्ट स्वय्‌म सेविकालाई पुरस्कार प्रदान गरिदै ।
उत्कृष्ट स्वय्‌म सेविकालाई पुरस्कार प्रदान गरिदै ।
उत्कृष्ट स्वय्‌म सेविकासाथ गाउँपालिका अध्यक्ष सागर किराती र उपाध्यक्ष विपना कुलुङ ।
उपाध्यक्ष विपना कुलुङ खादा लगाइदिनु हुदै ।
उत्कृष्ट स्वय्‌म सेविकासाथ गाउँपालिका अध्यक्ष सागर किराती र उपाध्यक्ष विपना कुलुङ ।
हाजिरी प्रतियोगितामा प्रथम हुन सफल टोली पुरस्कार ग्रहण गर्दै ।
हाजिरी प्रतियोगितामा द्वितीय हुन सफल टोली पुरस्कार ग्रहण गर्दै ।
उपाध्यक्ष विपना कुलुङ खादा लगाइदिनु हुदै ।
हाजिरी प्रतियोगितामा त्तृतीय हुन सफल टोली पुरस्कार ग्रहण गर्दै ।
कार्यक्रमा सहभागी महिला स्वास्थ्य स्वंय सेविकाहरु ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लबुन राई कार्यक्रम समापन गर्नुहुदै ।
कार्यक्रमा सहभागीहरु ।
कार्यक्रमा सहभागीहरु ।
कार्यक्रमा सहभागीहरु ।

आर्थिक वर्ष: