FAQs Complain Problems

गाउँकार्यपालिकाको बैठको निर्णय - २०७७ वैशाख ११

 

  1. विश्वव्यापी रुपमा फैलिरहेको COVID-19 कोरोना भाइरसको कारण नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण देशको विभिन्न ठाँउ/शहरहरुमा फसिरहेका महाकुलुङ गाउँपालिका भित्रका नागरिकहरुलाई सम्बन्धित निकायसँगको समन्वय र सहकार्यमा उद्धार गर्ने ।
  2. वृद्ववृद्धा, गर्भवती, विरामी, दीर्घ रोगी, फरक क्षमता भएका व्यक्तिहरु, विद्यार्थी, दैनिक ज्याला मजदुरी, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति र परिवार, नोकरी र सेवामा संलग्न व्यक्तिहरु तथा अन्य पेशा र व्यवसायमा संलग्न व्यक्तिहरुलाई गाउँपालिकाको पूर्ण आर्थिक सहयोगमा गाउँपालिकाको केन्द्र बुङसम्म ल्याइ उद्धार गर्ने । काठमाण्डौमा बसोबास गर्ने नागरिकको उद्दारको लागि काठमाण्डौ देखि थुलुङदुधकोशी गाउँपालिका वडा नं. ६ झोरेनीसम्म ३० सिटे र ३६ सिटे बसको प्रयोग गर्ने र त्यसपश्चात बुङसम्म जीपको व्यवस्था गर्नै ।
  3. उद्धार गरिएका नागरिकहरुलाई सामान्य स्वास्थ्य परीक्षण पश्चात Home Quarantine मा राख्ने, वैदेशिक रोजगारीबाट फर्कीएका व्यक्तिहरुलाई भने महाकुलुङ गाउँपालिका वडा नं. २ स्थित Quarantine मा अनिवार्य राख्ने।
  4. विपद् व्यवस्थापन शीर्षकमा विनियोजित रु.१५,००,०००।- (अक्षरेपी पन्ध्र लाख मात्र) बाट कोभिड-१९ कोरोना भाइरस संक्रमण तथा रोकथामको लागि विभिन्न समयमा भएको खर्च रकम रु. २,४०,०००।- (अक्षरेपी दुई लाख चालिस हजार मात्र) अनुमोदन गरी बाँकी रकम रु. १२,६०,०००।– (अक्षरेपी बाह्रलाख साठी हजार मात्र) कोरोना भाइरस संक्रमन तथा रोकथाम कोषमा जम्मा गरी खर्च गर्ने ।
  5. १ नं. प्रदेश सरकारबाट कोरोना भाइरस रोकथान तथा उद्धारको लागि प्राप्त बजेट रु. ५,००,०००।- (अक्षरेपी पाँच लाख मात्र) कोरोना भाइरस संक्रमन तथा रोकथाम कोषमा जम्मा गरी खर्च गर्ने ।
  6. गाउँपालिका तथा विभिन्न शाखाहरुबाट विनियोजित देहाय बमोजिमको योजना तथा कार्यक्रमहरुलाई शीर्षकान्तर गरी कोरोना भाइरस संक्रमन तथा रोकथाम कोषमा जम्मा गरी खर्च गर्नेः
  • कृषि तथा वन स्रोत केन्द्र स्थापना तथा संचालन - रु. ५,००,०००।– (अक्षरेपी पाँच लाख मात्र।)
  • व्यवसायिक माहुरी पालक कृषकलाई अनुदान कार्यक्रम - रु.५,००,०००।– (अक्षरेपी पाँच लाख मात्र ।)
  • बाल तथा बहुविवाह न्यूनिकरण सम्बन्धी कार्यक्रम - रु. ५,००,०००।– (अक्षरेपी पाँच लाख मात्र ।)
  1. महाकुलुङ गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरुको १ महिना १ दिनको सेवा सुविधा, सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको ७ दिन बराबरको शुरु तलब स्केल कोरोना भाइरस संक्रमन तथा रोकथाम कोषमा जम्मा गरी खर्च गर्ने साथै ३ नं. वडा अध्यक्ष श्री डेक बहादुर राईको ३ महिना बराबरको सेवा सुविधा, स्वास्थ्य शाखा संयोजक श्री हरी प्रसाद आचार्य र बुङ प्राथमिक अस्पतालमा करार सेवामा कार्यरत अ.न.मी. श्री उमादेवी राईको ७ दिन बराबरको शुरु तलब स्केल स्वैच्छिक रुपमा कोरोना भाइरस संक्रमन तथा रोकथाम कोषमा जम्मा गरी खर्च गर्ने ।
  2. देश विदेशमा बस्नुहुने व्यक्ति, संघसंस्था, व्यवसायी, उद्यमी, सहकारी तथा सहयोगकर्ताहरुलाई गाउँपालिकाको कोरोना भाइरस संक्रमन तथा रोकथाम कोषमा स्वैच्छिक रकम जम्मा महत्वपूर्ण सहयोग गर्न आह्वान गर्ने ।
  3. एभरेष्ट बैंक लि. महाकुलुङ शाखामा अति विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने उद्देश्यले महाकुलुङ छात्रवृत्ति कोष सञ्चालन भइरहेकोमा म.ले.नि.काको निर्देशन अनुसार प्रकृया नपुगी कोष सञ्चालन भइरहेकोले तत्काल उक्त कोष बन्द गरी एभरेष्ट बैंक लि. महाकुलुङ शाखामा पुनः म.ले.नि.काको निर्देशन तथा महाकुलुङ गाउँपालिकाको छात्रवृत्ती वितरण कार्यविधि, २०७५ अनसार छात्रवृत्ति वितरण कोष सञ्चालन गर्ने ।
  • गाउँपालिका स्तरीय उद्धार तथा व्यवस्थापन समिति तपशीलमा उल्लेख गरिए बमोजिम हुनेः
  • गाउँपालिका अध्यक्ष                               संयोजक
  • गाउँपालिका उपाध्यक्ष                             सदस्य
  • प्रमुख प्रशासकीय अधिकृत                      सदस्य
  • वडा अध्यक्ष ५ जना                                सदस्य
  • आर्थिक प्रशासन प्रमुख                           सदस्य
  • बुङ प्रहरी इन्चार्ज                                  सदस्य
  • मेडिकल अधिकृत महाकुलुङ प्राथमिक अस्पताल, बुङ     सदस्य
  • पशुपन्छी विकास शाखा प्रमुख                  सदस्य
  • स्वास्थ्य शाखा संयोजक                           सदस्य-सचिव
  1. महाकुलुङ गाउँपालिका वडा नं. २ को वडा सदस्य श्री प्रेम कुमार राईको संयोकत्वमा नेपाल सरकारले घोषणा गरेको लक डाउनको कारण प्रभावित नागरिकहरुको उद्धारको लागि सात (७) सदस्यीय काठमाणडौँ-महाकुलुङ सम्पर्क समन्वय समिति गठन गर्ने ।
  2. देहाय बमोजिमको रकम देहाय बमोजिम शीर्षकान्तर गर्ने निर्णय गरियोः
  • स्वास्थ्य बच्चा मेरो बच्चा हुन्छ सधैधरी हराभरा अभियान शीर्षकको रु. २,००,०००।- (अक्षरेपी दुई लाख मात्र)
  • कार्यालय सहयोगीहरुलाई संक्रमण तथा कोल्ड चेन तालिम शीर्षकको रु. ५०, ०००।- (अक्षरेपी पचास हजार मात्र)
  • फोहोरमैला व्यवस्थापन तथा जनचेतनामूलक तालिम शीर्षकको रकम रु. ५०,०००। (अक्षरेपी पचास हजार मात्र) गरी जम्मा ३,००,०००।- मध्ये २,९०,०००।- (अक्षरेपी दुई लाख नब्बे हजार मात्र) महाकुलुङ प्राथमिक अस्पताल उद्घाटनमा १ नं. प्रदेशको मूख्यमन्त्री माननीय श्री शेरधन राई ज्यू सवार हेलिकप्टर रिजर्भ टिकट बराबरको बील भुक्तानी गर्ने । बाँकी रकम रु. १०,०००।- (अक्षरेपी १० हजार मात्र) महाकुलुङ प्राथमिक अस्पताल रङ्गरोगनमा खर्च गर्ने ।
  1. देहाय बमोजित बजेट देहायबमोजिम शिर्षकान्तर गर्नेः
  • वडा नं. ४ को शिलुछो घेराबार शीर्षकको रु. १०,००,०००।- (अक्षरेपी दश लाख मात्र) शिलुछो पर्यटन पदमार्ग
  • वडा नं. को पेल्माङ स्वास्थ्य चौकी देखि बाफुदो सम्मको गोरेटो बाटो निर्माण शिर्षकको रु. २,५०,०००।- (अक्षरेपी दुई लाख पचास हजार मात्र।)

 

 

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: