FAQs Complain Problems

प्रस्ताव छनौट सम्बन्धमा ।

यस महाकुलुङ गाउँकार्यपालिका पशुपन्छी विकास शाखा तर्फको आ.व. २०८०/८१ को स्वीकृत प्रदेश सर्सत अनुदान चौरी तथा भेडा प्रवर्द्धन कार्यक्रम, व्यवसायिक पशुपन्छी पालन कार्यक्रम सञ्चालन कार्यविधि २०७६ अनुसार प्रस्ताव मुल्याङ्कन तथा सिफारिस समितिको मिति २०८० / ११ / ३० गते बसेको बैठकको निर्णय अनुसार र मिति २०८०/१२/०७ गतेको कार्यपालिका बैठकको निर्णयबाट अनुमोदन भए अनुसार स्वीकृत भएका तपशिलका कार्यक्रममा छनौट भएका अनुदानग्राहीले मिति २०८० / १२ / २२ गते भित्र आवश्यक कागजातहरु सहित नियमअनुसारको लिखित सम्झौता गर्न यस कार्यालयमा आउनु हुनका लागि यो सूचना प्रकाशन गरिएको छ ।
सम्झौताका लागि आवश्यक कागजातहरु

  • सम्झौता गर्न आउने व्यक्तिको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • संस्था/ फर्म/ व्यवसाय दर्ता / नविकरण र प्यान / भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • मेशिनरी औजार उपकरणको हकमा स्पेशिफिकेशन सहितको ३ वटा कोटेशन
  • पुँजीगत निर्माणको हकमा निर्माण गरिने संरचनाको स्वीकृत लागत ईष्टिमेट
  • सम्बन्धित वडाको सिफारिस पत्र
  • लागत साझेदारी रकम सम्बन्धित फर्म / समूह / समितिको खातामा जम्मा गरि जम्मा गरेको भौचर

प्रदेश सर्सत अनुदान कार्यक्रमगत छनौट भएका सहभागिहरुको विवरणः

  • केन्पा भेडा तथा बाख्रा फर्म, महाकुलुङ -३
  • बुकुर भेडा पालन फर्म महाकुलुङ-०४
  • पिछालु भेडा पालन फर्म, महाकुलुङ -३
  • महाकुलुङ व्यवसायिक  कृषि उत्पादन तथा भेडा पालन फार्म, महाकुलुङ-२
  • कृषि तथा पशु फर्म,महाकुलुङ-३
  • महाकुलुङ बहुउद्देश्यीय पोल्ट्री  तथा पशु फर्म, महाकुलुङ-०३

चौरी प्रवर्द्धन तर्फः

  • घ्याङखर्क चौरी फर्म
  • बुकुर कृषि तथा पशुपन्छी फर्म
  • चार्खु कृषि तथा पशुपन्छी फर्म

 

आर्थिक वर्ष: