FAQs Complain Problems

व्यवसायीक पशुपन्छी पालक कृषक तथा मासु पसलहरुलाई अनुदान प्रस्ताव आव्हन सम्बन्धि सूचना

महाकुलुङ गाउँपालिकाको चालु आ.ब. ०७८/०७९ पशुपन्छी सेवा शाखाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार तपशिलमा उल्लिखित कार्यक्रमहरु कार्यान्वयनका लागि तोकिए बमोजिमका शर्तहरु पालना गरी साझेदारी गर्न इच्छुक कृषक समूह,महिला समूह, ब्यक्तिगत कृषि/पशुपन्छी फार्म तथा सहकारीरहरुसंग साझेदारीमा कार्यक्रम सञ्चालन लागि यो सूचना प्रकाशन गरिएको मितिले ७ दिन भित्र कार्यालय समयमा प्रस्ताब पेश गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ।

आवश्यक कागजातहरुः

१. राजश्व तिरेको रसिद ।

२. नेपालि नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।

३. अनुसूचि २ बमोजिमको आबेदन ।

४. अनुसूचि ३ बमोजिमको संक्षिप्त कार्ययोजना ।

५. अनुसूचि ४ बमोजिमको लागत साझेदिरको प्रतिवद्वता पत्र ।

६. अनुसूचि ५ बमोजिमको वडा कार्यालयको सिफारीस ।

७.संस्था वा समुहको संचालक समितिबाट कार्यक्रम कार्यान्वयन गर्ने निर्णयको प्रतिलिपी ।

८. संस्थासंग आवद्व सदस्यहरुले प्राप्त गरेको अन्य प्रमाण पत्रको प्रतिलिपी (तालिम, शैक्षिक योग्यता आदि) ।

९. दर्ता,नविकरण,भ्याट प्यान प्रमाण पत्र प्रतिलिपी ।

१०. अघिल्लो आ. व.को लेखा परिक्षण प्रतिवेदन र कर चुक्ता प्रमाण पत्र प्रतिलिपी ।

नोट:- बिगत २ बर्ष भित्र संघ, प्रदेश तथा स्थानिय तहबाट कुनै पनि प्रकृतिको अनुदान लिएकाहरु लाई यस कार्यक्रममा समाबेश गरिने छैन । पुनश्च :-अन्य थप ब्यवस्था कार्यक्रम सन्चालन कार्यबिधि बमोजिम हुनेछ ।

थप जानकारीको लागि : ९८६०५५३१६०, ९८४०२४६२११

 

आर्थिक वर्ष: