FAQs Complain Problems

लोक सेवा तालिम कक्षा संचालन गरिने सम्बन्धि सूचना ।

प्रस्तुत विषयमा यस महाकुलुङ गाउँपालिकाको चालु आव २०७८/७९ को स्वीकृत कार्यक्रम अनुसार "लोकसेवा आयोग परिक्षा तयारी प्रशिक्षण कार्यक्रम संचालन गरिने भएकोले महाकुलुङ गाउँपालिका भित्रका कम्तिमा SLC/SEE वा सो सरह उत्तीर्ण गरी लोकसेवाको परिक्षा दिन योग्य रहेका कक्षा लिन इच्छुकहरुले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी सहित मिति २०७८ मंसिर २० भित्र यस गाउँपालिकाको योजना तथा अनुगमण इकाईमा निवेदन बुझाउनु हुन यो सूचना जारी गरिएको छ ।

तपशिल

१. छनौट परिक्षा संचालन गरी सहभागी संख्या यकिन भएपछि कक्षा संचालन गरिनेछ।
२. पहिलो चरणको सामान्यज्ञान तथा वौद्धिक परिक्षा सम्बन्धी कक्षामा जम्मा सहभागी गराइने संख्या ५० निर्धारण गरिएको छ । विषयगत लिखित परिक्षासम्बन्धी दोस्रो चरणको परीक्षामा सहभागी संख्या २० निर्धारण गरिएको छ ।
३. महिला सहभागि कोटा ३३% हुनेछ । यदि पुरा हुन नसकेमा खुलाबाट पूर्ति गरिनेछ।
४. पाँचै वटा वडाबाट समान संख्यामा सहभागी गराउन प्राथमिकता दिइनेछ ।
५. साविक बुङ गाविस वडा नं. ३, ४, ५ र ६ बाट हुने सहभागीहरुलाई यातायात खर्च लगायतका कुनै सुविधा प्रदान गरिने छैन ।

आर्थिक वर्ष: