FAQs Complain Problems

किसान सूचीकरण कार्यक्रम अन्तर्गत सहजकर्ता छनौटको लागि आवेदन दिने सम्बन्धी सूचना ।

प्रस्तुत विषयमा महाकुलुङ गाउँपालिका, कृषि विकास शाखाको आ. व. २०७८।०७९ को ससर्त अनुदान तर्फको कृषक दर्ता व्यवस्थापन कार्यक्रम अनुसार किसान सूचीकरण कार्यक्रम कार्यान्वयन विधि, २०७७ अन्तर्गत खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १४ को उपदफा (१) कार्यान्वयनका लागि किसानको पहिचान गरी सरकारी तवरबाट किसानहरुलाई उपलब्ध गराइने सेवा सुविधाको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न तिनै तहको साझेदारीमा किसानहरुको आवश्यक विवरणहरु विद्युतीय प्रणाली मार्फत संकलन गरी किसान सूचीकरण गर्ने कार्यक्रम रहेको व्यहोरा सवैको लागि जानकारीका लागि अनुरोध छ । साथै उक्त किसान सूचीकरण कार्यक्रम कार्यान्वयन गर्नको लागि जारी गरिएको किसान सूचीकरण कार्यक्रम कार्यान्वयन विधि, २०७७ को परिच्छेद ७ को दफा १९ को उपदफा २ मा व्यवस्था भए बमोजिम किसान परिवारको लागि वैयक्तिक तथा कृषि तथ्याङ्क संकलन र प्रविष्टको लागि हरेक वडाबाट सहजकर्ता छनौट गर्ने प्रावधान भएनुसार यस गाउँपालिकाका वडा नं. १, २ र ३ वडाहरुमा सहजकर्ता नियुक्तिका लागि तपसिलमा उल्लेखित योग्यता पुगेका व्यक्तिहरुले आवश्यक विवरण सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस महाकुलुङ गाउँपालिकाको कृषि विकास शाखामा आवेदन दर्ता गराउनु हुन सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । सहजकर्ताको सेवा सुविधा परिच्छेद ७ को दफा २० को उपदफा २ मा व्यवस्था भए बमोजिम हुनेछ । म्याद नाघि वा रित नपुगी प्राप्त हुन आएका आवेदन उपर कुनै कार्वाही हुने छैन।

१. आवश्यक योग्यताः

  • न्युनतम १२ कक्षा पास गरेको।
  • इन्टरनेट चलाउन सक्ने। 
  • एन्ड्रोइड वा स्मार्टफोन वा ट्यावलेट वा ल्यापटप भएको।

२. आवेदनका साथ पेश गर्नुपर्ने आवश्यक कागजातः

  • रु. १० को हुलाक टिकट टाँस गरेको निवेदन ।
  • नेपाली नागरिकताको प्रतिलिपी।
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी।
  • सम्बन्धित वडाको हो भनी वडा कार्यालयको सिफारिस ।

आर्थिक वर्ष: