FAQs Complain Problems

जग्गा उपलब्ध गराउने सम्बन्धी सूचना ।

प्रस्तुत विषयमा चालु आ. व. २०७७/७८ मा महाकुलुङ गाउँपालिकाबाट विनियोजित सहिद स्मृति पार्क/भवनका लागि डीपीआर निर्माण शिर्षकको वजेटबाट भवन तथा पार्क निर्माणका कार्य अगाडि वढाउनुपर्ने भएकोले सो प्रयोजनको लागि तपशीलका शर्तमा रही जग्गा उपलब्ध गराउन इच्छुक नागरिकबाट निवेदन माग गरी यो सूचना प्रकाशन गरिएको छ ।

तपशील

  • जग्गा एकै स्थानमा कम्तीमा २ रोपनी क्षेत्रफलको हुनुपर्नेछ ।
  • जग्गादाताले जग्गा निशुल्क रुपमा उपलब्ध गराई मालपोत कार्यालयबाट सम्बन्धितको नाममा पास समेत गर्न सहमत हुनुपर्ने छ ।
  • महाकुलुङ गाउँपालिकाभित्र जग्गा भएका जो सुकै नागरिकले जग्गा दान गर्न सक्नेछ ।
  • उपलब्ध जग्गाहरुमध्ये महाकुलुङ गाउँपालिका केन्द्रबाट नजिक रहेको जग्गालाई प्राथमिकता दिइने छ ।
  • जग्गा निशुल्क दानको लागि महाकुलुङ गाउँपालिका कार्यालयमा जग्गा धनीपूर्जाको फोटोकपी¸ नागरिकता प्रमाणपत्रको फोटोकपी तथा मञ्जुरीनामा सहित मिति २०७७।०९।२९ गते बुधबारभित्र निवेदन दिन सकिने छ ।

 

आर्थिक वर्ष: