FAQs Complain Problems

व्यवसाय दर्ता गर्ने सम्बन्धी जरुरी सूचना ।

नेपालको संविधानको अनुसूची ८, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५८ तथा यस गाँउपालिकाको व्यवसाय दर्ता तथा कर व्यवस्थापन कार्यविधि, २०७६ को दफा ३ को उपदफा (२) बमोजिम हालसम्म गाँउपालिकामा दर्ता नगरी सञ्चालनमा रहेको कुनै पनि प्रकारको उद्योग व्यापार पेशा वा यस्तै अन्य प्रकृतिका व्यावसायिक कारोबार गर्ने व्यक्ति फर्म वा कम्पनिले यो सूचना प्रकाशन भएको ३५ (पैतिस) दिनभित्र देहायका विवरण तथा कागजात संलग्न राखी गाँउपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। यस सूचनाको म्याद भित्र निवेदन पेश नगरी सञ्चालन हुने व्यवसायलाई गाँउपालिकाको व्यबसाय दर्ता तथा कर व्यबस्थापन कार्यविधि, २०७६ को दफा १६ बमोजिम कारवाही समेत चलाउन सकिनेछ।
१. व्यवसायीको नेपाली नागरिकताको प्रमाण-पत्र प्रतिलिपि
२. प्रचलित कानुन बमोजिम सम्बन्धित निकायबाट व्यवसाय दर्ता र इजाजत प्राप्त गरेको प्रमाण-पत्रको प्रतिलिपि
३. गैर नेपाली नागरिकको हकमा सम्बन्धित देशको नागरिकता वा नागरिक जनिने प्रमाण-पत्रको प्रतिलिपि
४. सम्बन्धित वडा कार्यालयको सिफारिस वा सरजमिन मुचुल्का
५. व्यवसाय सञ्चालनमा रहेको अवधि खुल्ने कागजातहरु, घर भाडा पानी विजुलि तिरेको रसिद, कर कार्यालयमा कर बुझाएको रसिद वा अन्य यस्तै कागजात
६. व्यवसाय सञ्चालन रहेको जग्गाधनी पूर्जाको प्रतिलिपी
७. चार किल्ला प्रमाणित प्रतिलिपी र जग्गा भाँडामा लिएको भए कम्तिमा १० वर्षको सम्झौता
८. सञ्चालकको दुई प्रति पासपोर्ट साईजको फोटो।
९. सम्बन्धित प्रोपाईटरको निवेदन

व्यवसाय दर्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

आर्थिक वर्ष: