महाकुलुङ गाउँपालिकाको प्रशासनिक भवन हाल साविकको बुङ गाउँ विकास समितिको कार्यालयबाट सञ्चालन भईरहेको ब्यहेरा सर्बवितिदै छ । महाकुलुङ गाउँपालिका गाउँकार्यपालिकाको मिति २०७६/०८/०२ को बैठकको निर्णयानुसार यस गाउँपालिकाको प्रशासनिक भवन निर्माणको लागि तपशील बमोजिमको मापदण्ड पुगेको जग्गा निशुल्क प्राप्त गर्नुपर्ने भएकोले इच्छुक जग्गादाताहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र जग्गा धनीपूर्जाको प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मञ्जुरीनामा पत्र संलग्न गरी रु.१० टिकट टाँस गरी यस गाउँपालिकाको कार्यालयमा रीतपूर्वक निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशीत गरिएको छ ।
मापदण्डहरु
- हाल प्रयोगमा रहेको गाउँपिलकाको भवनलाई केन्द्र विन्दु मानेर १ (एक) कि.मि.पूर्व, पश्चिम, उत्तर, दक्षिण भित्रको जग्गा हुनुपर्ने ।
- जग्गा एक सगोलमा कम्तिमा ३५ रोपनी हुनुपर्ने ।
- भविष्यमा गाउँपालिकालाई आवश्यकता अनुसार क्षेत्र विस्तार गर्न सकिने खुला ठाँउ हुनुपर्ने ।
- भौगोलिक, प्रशासनिक, वातावरणीय र प्राविधिक रुपलेउपयुक्त हुनुपर्ने ।
पुनश्चः प्राप्त निवेदन उपर महाकुलुङ गाउँपिलकाको मिति २०७६/०२/०७ गते गठित जग्गा व्यवस्थापन समितिले जग्गाको मूल्याङ्कन गरी छनौट गर्नेछ।